


बेयुल खेन्पालुङ्ग
"ने खेन्पालुङ्ग""बेयुल खेन्पालुङ्ग" संखुवासभा जिल्लाको सिलिचोङ गाउपालिका, वार्ड नम्बर-५ मा पर्दछ। किमदन्ती अनुसार यहाँ धेरै समय पहिले बौद्द अनुययीहरुले बिभिन्न ठाउँमा सरण लिएका थिए र बौद्द धर्म गुरु श्री पदमासम्भावाले पनि यसै ठाउँमा रहेको गुफामा ध्यान गर्नु भएको थियो। "बेयुल खेन्पालुङ्ग" भनेर सातौ शताब्दी तिर एतिहासिक रुपमा बौद्द धर्म गुरु श्री पदमासम्भावाद्वरा नै नामकरण गर्नु भएको हो। शेर्पा भाषामा "बेयुल" भन्नले लुकेका उपत्यका (Hidden Valley) भन्ने बुझिन्छ र "खेन्पा" भन्नले तितेपाती भन्ने बुझिन्छ अनि "लुङ्ग" भन्नले साधारणतया देश भन्ने बुझिन्छ। यो क्षेत्रमा धेरै मात्रामा तितेपाती पाईने भएकोले "बेयुल खेन्पालुङ्ग" भनिएको हुन सक्ने जानकारहरु बताउछन तर शेर्पा हरुले यस ठाउँ लाई "ने खेन्पालुङ्ग" भनेर चिनिन्छ। यसै ठाउँको नामबाट नै बौद्द धर्म गुरु श्री पदमासम्भावाले ध्यान गर्नु भएको गुफाको नाम "खेन्पालुङ्ग गुफा" रहन गएको हो।
खेन्पालुङ्ग गुफाको दर्शान गर्नले मानको कामना पुरा हुने बिश्वास गर्छन्, जस्तै कि; सान्तानको चाहना, धन प्राप्ति, नाग लागेको निको हुने, कुनै पनि कुलातलाई त्यागने चाहना आदि। जीवनमा खेन्पालुङ्ग एक चोटी मात्रै दर्शान गरे पनि मरेपछि घ्यावा समेत गर्नु पर्दैन भन्ने किमदन्ती रहेकोछ भने धर्म गुरु श्री पदमासम्भावाको अनुसार पछि कलियुगमा मानिसको जन्म भएर मानिसको सुरुवत यही खेन्पालुङ्गबाट हुनेछ।
"ने खेन्पालुङ्ग" यात्रा कार्यक्रमहरु
(१) विमानबाट
अवधि: ७ रात/८ दिन
दिन-०१
काठमाडौं देखि तुम्लिङटार ४५ मिनेटको उडान र तुम्लिङटारबाट गोफा डाँडासम्म ५ घण्टाको जीप यात्रा।
दिन-०२
गोफा डाँडाबाट देउराली डाँडा हुँदै गौथला गाउँसम्म ५ देखि ६ घण्टाको पैदल यात्रा।
दिन-०३
गौथलाबाट दोबताक गाउँ (खेन्पालुङ्ग) सम्म साढे २ घण्टाको पैदल यात्रा।
दिन-०४
पूजा समारोह, खेन्पालुङ्ग गुफा दर्शन र विश्राम।
दिन-०५
दोबताकबाट गौथलासम्म साढे २ घण्टाको पैदल यात्रा।
दिन-०६
गौथलाबाट पिखुवासम्म ४ देखि ५ घण्टाको पैदल यात्रा।
दिन-०७
पिखुवाबाट खाँदबारीसम्म ३ घण्टाको जीप यात्रा र गेस्ट हउसमा विश्राम।
दिन-०८
खाँदबारीबाट तुम्लिङटारसम्म ३० मिनेटको जीप यात्रा र तुम्लिङटार देखि काठमाडौं ४५ मिनेटको उडान।
(२) हेलिकप्टरबाट
दिन-०१
काठमाडौंबाट हरेक हेलिमा ५ जनको ससमुहमा यात्रा गराईन्छ। हाम्रो गाइडहरु गन्तव्यमा प्रतीक्षा रहेको हुनेछ। "ने खेन्पालुङ्ग" दर्शन पछि छोटो पूजा समारोह गरेर त्यसै हेलिमा काठमाडौं प्रस्थान गरिनेछ।
(३) बसबाट
अवधि: ८ रात/९ दिन
दिन-०१
काठमाडौं देखि खाँदबारीसम्म २२ घण्टाको बस यात्रा र गेस्ट हउसमा विश्राम।
दिन-०२
खाँदबारीबाट गोफा डाँडासम्म ५ घण्टाको जीप यात्रा र विश्राम।
दिन-०३
गोफा डाँडाबाट देउराली डाँडा हुँदै गौथला गाउँसम्म ५ देखि ६ घण्टाको पैदल यात्रा।
दिन-०४
गौथलाबाट दोबताक गाउँ (खेन्पालुङ्ग) सम्म साढे २ घण्टाको पैदल यात्रा।
दिन-०५
पूजा समारोह, खेन्पालुङ्ग गुफा दर्शन र विश्राम।
दिन-०६
दोबताकबाट गौथलासम्म साढे २ घण्टाको पैदल यात्रा।
दिन-०७
गौथलाबाट पिखुवासम्म ४ देखि ५ घण्टाको पैदल यात्रा।
दिन-०८
पिखुवाबाट खाँदबारीसम्म ३ घण्टाको जीप यात्रा र गेस्ट हउसमा विश्राम।
दिन-०९
खाँदबारीबाट काठमाडौंसम्म २२ घण्टाको बस यात्रा।







